आउँदो वर्षदक्षिण अप्रिmकामा आयोजन हुन गइरहेको विश्वकप फुटबललाई ध्यानमा राख्दै त्यतिबेला बढ्नसक्ने वेश्यावृत्ति र त्यसका कारण हुने एचआईभी एड्सको खतरालाई र्टार्न कण्डमको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइएको छ । कण्डममा फुटबलको प्रचारप्रसार र फुटबलमा कण्डमको प्रचारप्रसार गर्ने विषयमा त्यहाँ व्यापक बहस चलिरहेको छ ।
तर दक्षिण अप्रिmकाको राजधानी केपटाउनका मेयर भने यस विचारको विरोधमा देखापरेका छन् । फुटबललाई कण्डममा र कण्डमलाई फुटबलमा ब्राण्डिङ गर्ने विचारलाई वाहियातको संज्ञा दिँदै यसले रोगलाई अझै बढाउने र यौनकर्मलाई उक्साउने बताएका छन् ।
तर दक्षिण अप्रिmकाको राजधानी केपटाउनका मेयर भने यस विचारको विरोधमा देखापरेका छन् । फुटबललाई कण्डममा र कण्डमलाई फुटबलमा ब्राण्डिङ गर्ने विचारलाई वाहियातको संज्ञा दिँदै यसले रोगलाई अझै बढाउने र यौनकर्मलाई उक्साउने बताएका छन् ।
मूलतः दक्षिण अप्रिmकामा रहेका यौन सम्बन्धित संघसंस्थाहरुले विश्वकप फुटबलको दौरानमा एचआईभी सङ्क्रमण अझै बढी फैलिने खतरा रहेका कारण सुरक्षाका विविध विषयमा ध्यान दिइनुपर्ने बताइरहेका छन् । यौन रोग र खासगरी एचआईभी एड्सबाट रोक्न प्रभावकारी माध्यम भनेको कण्डम नै रहेका कारण यसको प्रयोगका लागि र्सवसाधारणलाई जानकारीइ दिइनुपर्ने संघसंस्थाको धारणा रहेको छ ।
त्यसो त दक्षिण अप्रिmका नेशनल एड्स काउन्सिल र सेक्स वर्ल्ड एडभोकेसी ग्रुपजस्ता संस्थाले लामो समयदेखि वेश्यावृत्तिलाई अपराधको श्रेणीबाट हटाउनुपर्ने माग गरिरहेका छन् । तर मेयर डेन प्लेटो भन्छन्- “म वेश्यावृत्तिलाई वैध गर्ने पक्षमा छैन । तर सँगैमा सडक किनारमा ग्राहकको खोजीमा रहने युवतीहरुका बारेमा चिन्तित पनि छु ।”
उनको धारणामा फुटबलका माध्यमबाट कण्डमको प्रचार गर्दा वेश्यावृत्तिलाई ठूलो बल मिल्छ । दक्षिण अप्रिmकामा संसारका सबैभन्दा बढी एड्स रोगी रहेका छन् । एचआईभी एड्स लागेको संख्या ५२ लाख पुगिसकेको छ । आउँदो जुन महिनामा त्यहाँ हुने विश्वकप फुटबल खेल अवधिमा मात्रै साढे चार लाख खेलाडी र अफिसियलहरु त्यहाँ पुग्ने अनुमान गरिएको छ । र, स्वाभाविक छ- त्यत्रा संख्यामा पुग्ने खेलाडी र अफिसियलले त्यहाँ बस्दाका क्षण वेश्यावृत्तिमा पनि राम्रै ध्यान दिनेछन् ।
Comments
Post a Comment